0 COMMENTS

असार १८, काठमाडौँ । पहिरोमा पुरिएर पाँचथरमा तीनजना बेपत्ता भएका छन् । अविरल वर्षापछि आएको पहिरोमा पुरिएर पाँचथरको फालेलुङ गाउँपालिका–७ मा रहेको दलबहादुर मगरको घर पहिरोले पुरिँदा तीन जना बेपत्ता भएका हुन् ।

पहिरोमा दलबहादुरका ४२ वर्षीय छोरा रुपलाल मगर, ३८ वर्षीया बुहारी गोमा मगर र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपाने बताए । दलबहादुरलाई भने स्थानीयले तत्कालै उद्वार गरेका थिए । शुुक्रबार राति १० बजे उनीहरुलाई पहिरोले पुरेको थियो । उद्वारका लागि स्थानीय र सुरक्षाकर्मीको टोली परिचालन भएको छ ।

घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो । उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । पहिरोले पुरेको स्थानमा दुई थान मोवाइल भेटिएका थिए तर, बिहानसम्म बेपत्ता फेला नपरेको थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।