0 COMMENTS

असार १८, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ । काठमाडौँको भृकुटीमण्डवमा शुक्रबार मसाल जुलुससहित राप्रपाले विरोध प्रदर्शन गरेका हुन् ।

किसानको समस्या लिएर गत असार १ गते प्रधानमन्त्रीलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै मसाल जुलुस प्रदर्शन गरी विरोध गरिएको राप्रपाले जनाएको छ ।

‘सरकारले समयमै किसानका समस्यालाई समाधान नगरे आन्दोलन अझ कडा हुनेछ ।’ राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।