0 COMMENTS

असार १८, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावले आज विभिन्न ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको छ । यस्तै तराई क्षेत्रका केही स्थानमा हल्का वर्षा हुनेछ ।

मनसुनी वायुको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश १, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि तथा अन्य भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आइतबार भने देशका धेरै स्थानहमा हल्कादेखि मध्यम वर्षा हुँदा सुदूर–पश्चिम र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।