0 COMMENTS

असार १८, काठमाडौँ । आफ्नै घरमा सुरक्षित छैनन् महिला । देशमा दिनप्रतिदिन बलात्कारका घटनाहरू घटिरहेका छन् । कतै ‘हजुरबा’ बाटै नातिनी बलात्कृत हुन्छिन् । कतै ‘बा’ बाट छोरी बलात्कृत हुन्छिन् । दिनानुदिन नाबालिकाहरू बलात्कृत छन् ।

गत मंगलबार खोटाङमा पाँच वर्षीय बालिका बलात्कृत भइन् । त्यस्तै गत मंललबार नै गुल्मीमा आफ्नै जेठाजुद्वारा भाइबुहारी बलात्कृत भएकी छन् । जिल्लाको धुर्कोट—६ का ३५ वर्षीय एक ब्यक्तिले आफ्नै १९ वर्षीय भाइबुहारी बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

ती बलात्कृत महिलाका श्रीमान रोजगारीका सिलसिलमा विदेश रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।