0 COMMENTS

असार १७, काठमाडौँ । पाँच वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा खोटाङका १६ वर्षीय किशोर पक्राउ परेका छन् । कपिलासगढी गाउँपालिका – ४ बाक्सिलाकी पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा मंगलबार स्थानीय १६ वर्षीय किशोर पक्राउ परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा निज किशोरले बालिकालाई बलात्कार गरेको खुलेको छ । बिहीबार बिहान उनलाई पक्राउ गरी खोटाङ जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।