0 COMMENTS

असार १७, काठमाडौँ । सुन र चाँदीको मूल्य घटेको छ । शुक्रबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार २०० रुपैयाँ र तेजावी सुनको प्रतितोला मूल्य ९६ हजार ७०० रुपैयाँ कायम गरिएको छ भने चाँदीको प्रतितोला मूल्य १ हजार २१० रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५०० र तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको प्रतितोला मूल्य १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।