0 COMMENTS

असार १७, काठमाडौँ । मनसुनी वायुको प्रभावले आज पनि देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ । मौसम पूर्वअनुमान महाशाखाकाअनुसार अहिले प्रदेश नं. १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

बिहान प्रदेश नं. १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको र देशका अन्य धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षा र देशभर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घन्टामा भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन भनिएको छ । साथै केही राजमार्गमा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।