0 COMMENTS

असार १४, काठमाडौँ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार रुसी सेनाले युक्रेनको क्रेमेन्चुक सहरस्थित एउटा शपिङ मलमा नयाँ संस्करणको क्षेप्यास्त्र प्रहार गरेको छ । रुसले क्षेप्यास्त्र प्रहार गरेको स्वीकार गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक हजार मानिसहरु भएको स्थानमा हमला भएको दाबी गरे । हमलामा परी अहिलेसम्म कम्तीमा १६ जनाको मृत्यु भएको पुष्टि भएको बताइएको छ । अन्यकाे अवस्थाबारे थप विवरण सार्वजनिक भएकाे छैन ।

रुसी सेनाले डोनबास कब्जामा लिएपछि अन्य शहरमा हमला केन्द्रीत गरेको छ । रुसी सेनाले युक्रेनमा नयाँ संस्करणका अस्त्र प्रयोग गरिरहेको छ । हमलाको सुरुमा प्रयोग गरिएको सबै अस्त्रका विकसित रुप अहिले प्रयोग गरेको बताइएको छ । जी सेभेनमा अमेरिकासहित पश्चिमा देशहरुले रुसको सुन खरिद नगर्नेलगयातका नाकाबन्दी कडा पर्ने प्रस्ताव पारित गरेका छन् । अब यो भन्दा प्रतिबन्ध लगाउने केही नभएको समेत बताइएको छ ।

उता रुसले भने पश्चिमा देशहरुको नाकाबन्दीले आफ्नो देशलाई कुनै प्रभाव नपर्ने बताउँदै आएको छ । रुसले पश्चिमा देशहरुको प्रतिबन्ध उनीहरुकै नागरिकको हित विरोधी कार्य बताउँदै आएको छ । उसले आफूले ग्यास, इन्धन र अन्न सप्लाईमा रोक लगाए यूरोपमा हाहाकार मच्चिने चेतावनी समेत दिएको छ । जी सेभेनको शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले युक्रेनमा भिषण हमला सुरु गरेको थियो । शिखर सम्मेलनमा रुसलाई दवाव सिर्जना गर्ने नीति पश्चिमा देशहरुले लिएका थिए । तर, रुसले त्यसको बेवास्ता गर्दै हमला बढाएको छ ।

रुसले युक्रेनमा मात्रै होइन सिरियामा पनि हमला बढाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार रुसले अमेरिकी समर्थकहरुले गतिविधि बढाएका सहरमा सेना पठाएको छ । सयौं रुसी बख्तरबन्द गाडीहरु, लडाकु विमान र हेलिकोप्टर सिरियाको विभिन्न सशहरमा घुमिरहेको अन्तर्रापष्ट्रिय संचारमाध्यमहरुले भिडियो सार्वजनिक गरेका छन् ।

केही दिनअघि मात्रै अमेरकी समर्थनमा सिरिया सरकार विरुद्ध लडिरहेका लडाकुहरुमाथि हमला गर्ने रुसले चेतावनी दिएको थियो । पश्चिमा देशहरुले रुसले सिरिया परिचलान गरेको विशेष फोर्सलाई फिर्ता बोलाएको चर्चा र हल्ला चलाइरहेको बेला रुसले थप सैन्य शक्ति पठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।