0 COMMENTS

असार १५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभर वर्षा हुने भएको छ । देशका विभिन्न स्थानहरूमा बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

सुदूर–पश्चिमका केही स्थानहरूमा भारी वर्षा र कर्णालीका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ भने राति देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै बिहीबार प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूर–पश्चिमका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोछ र शुक्रबार देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

‘पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैलाई महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।