0 COMMENTS

असार १४, काठमाडौँ । एकीकृत समाजवादी पार्टीका मन्त्री फेरिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उक्त बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।

बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ चार मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हो । एकीकृत समाजवादीको तर्फबाट चार मन्त्री र एक राज्यमन्त्री समेटेर प्रधानमन्त्री देउवाले आइतबार मन्त्रिपरिषद् हेरफेर गरेका थिए । नवनियुक्त मन्त्रीहरुले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै कार्यभार पनि सम्हालिसकेका छन् ।

सरकारमा एकीकृत समाजवादीको तर्फबाट पर्यटन मन्त्री जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्री मेटमणि चौधरी, स्वास्थ्य मन्त्री भवानी खापुङ, श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी सहभागी छन् । त्यसैगरी जसपाले पनि हालका मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेकोले सो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको अन्तिम बैठक हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।