0 COMMENTS

असार १४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् । नेकपा विभाजित पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गरेर नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बनेका थिए ।

नयाँ पार्टी घोषणा गर्न गौतमले मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । नेकपा विभाजित पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए । नेकपालाई पुर्नजिवित गर्ने प्रयासमा रहेका उनी पनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्न लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।