0 COMMENTS

असार १३, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) बाट नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त चार मन्त्रीलाई सपथ खुवाएकी हुन् ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । शपथपछि मन्त्रीहरुले आजै कार्यभार सम्हालेका छन् ।

यसअघिका पर्यटनमन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) लाई फिर्ता बोलाएको थियो । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ अब स्वास्थ्य मन्त्री बनेका छन् भने हिरा केसी पहिलो पटक राज्यमन्त्री बनेका छन् ।

एकीकृत समाजवादीको सिफारिसबमोजिम प्रधानमन्त्री देउवाले आइतबार मन्त्री हेरफेरको सूची राष्ट्रपति भण्डारीसमक्ष पठाएका थिए । त्यसपछि चार मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।