0 COMMENTS

असार १३, काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी फेला परेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका दुई जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी नवराज गौतमले काठमाडौँ मोडल अस्पतालबाट दुई शंकास्पद केस आएको जानकारी दिए ।

गौतमका अनुसार एन्टिजेन परीक्षणमा भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरिया भेटिएको छ । हैजा पुष्टि भएको र लक्षण देखिएका दुबै जनालाई झाडापखाला भएको छ । बिरामीलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । उनीहरुलाई अन्तरंग वार्डमा सारेर उपचार गर्ने तयारी छ ।

हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ । काठमाडौँको फोहोर र दूषित पानीबाट हैजा फैलिने चिकित्सकले बताउँदै आएका छन् । टेकुमा मात्रै पछिल्ला दिनमा दैनिक १० जनाभन्दा बढी झाडापखलाको बिरामी आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।