0 COMMENTS

असार १२, काठमाडौँ । मेयर बालेन साहले अब नीजि विद्यालयहरूले आफूखुशी शुल्क लिन नपाउने बताएका छन् । काठमाडौँ महानगरपालिका मेयर बालेन साहले निजी विद्यालयको शुल्क महानगरपालिकाले पुनरावलोकन गर्ने तयारी गरेपछि नीजि विद्यालयहरूले अब आफूखुशी शुल्क लिन नपाउने भएका छन् । महानगरले तोकेको शुल्क मात्र लिन पाउनेगरी मापदण्ड तोक्ने गृहकार्य गरि रहेको बताइएको छ । मेयर साहले महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा पनि काठमाडौंका नीजि विद्यालयको शुल्कमा कडाई गर्ने संकेत गरेका थिए ।

काठमाडौँभित्रका नीजि विद्यालयहरूले मनलाग्दी पैसा उठाएको चर्चा भैरहेका बेला मेयर साहले गरेको यस्तो तयारीले धेरै अभिभावक लाभान्वित हुनेछन् । नीति तथा कार्यक्रममा साहले निजि विद्यालयको शुल्क वैज्ञानिक तरिकाले निर्धारण हुँदा अहिले भएको शुल्कमा पुनरावलोकन गर्ने बताएका थिए । अहिले काठमाडौँका नीजि विद्यालयहरूले शुल्कको आतंक नै मच्चाएका छन् । सरकारी विद्यालय राम्रा नहुँदा नीजि विद्यालयमा बच्चा पढाउनुपर्ने अभिभावकको बाध्यताको फाइदा उठाएर निजि विद्यालयले विभिन्न शिर्षकमा चर्को शुल्क असुलीरहेका छन् । यदि महानगरले विद्यालयको अनुगमन गरेर शुल्क समायोजन गर्ने हो भने लाखौँ अभिभावक लाभान्वित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।