0 COMMENTS

असार १३, काठमाडौँ । नेपालमा आज ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ३३७ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार २१ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४१ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६ पुगेको छ ।

कोरोनाका कारण आज पनि कसैको मृत्यु भएको छैन । हाल नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै थप २० जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४०९ जना निको भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव ८ प्रतिशत हो ।

मन्त्रालयका अनुसार हाल नेपालमा २०८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २०२ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् । पछिल्लो २४ घन्टामा थप १ लाख २७ हजार ७ सय ९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।