0 COMMENTS

जेठ २८, काठमाडौँ । नेपालमा आज १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर गरिएको २ हजार १ सय ७३ पिसिआर र एन्टीजेन परीक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ९ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ९२ जना निको भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव ८ प्रतिशत हो ।

मन्त्रालयका अनुसार हाल नेपालमा १०७ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् । पछिल्लो २४ घन्टामा थप ८१ हजार ९ सय १२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।