0 COMMENTS

जेठ २९, काठमाडौँ । पूर्वी क्षेत्रमा केन्द्रित मनसुनी वर्षा हुनुकासाथै अन्य केही क्षेत्रमा पनि विस्तार हुँदै गइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १ र मधेश प्रदेशका धेरै क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । त्यस्तै, बागमती, गण्डकी र कर्णालीका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी प्रदेश र कर्णालीका केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै राति प्रदेश १ र मधेशका धेरै स्थानमा वर्षा हुनेछ भने बागमती, गण्डकी र कर्णाली लगायत अन्य प्रदेशका पहाडी भू–भागमा पनि वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । यो बीचमा प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यसैगरी सोमबार प्रदेश १ र बागमतीका केही स्थान तथा मधेश, गण्डकीमा वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १ र मधेशका स्थान, बागमती, गण्डकी र कर्णालीका लगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ भने बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।