0 COMMENTS

जेठ २८, बैतडी । बैतडीको पाटन पञ्चेश्वरमा जिप दुर्घटना भएको छ । मेलौलीबाट बैतडीको पाटनतर्फ जाँदै गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना परेको हो ।

जिप दुर्घटनामा परी एक जना घाइते भएको इलाका प्रहरी कार्यालय पाटनले जानकारी दिए । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ । उनको परिचय खुलेको छैन । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।