0 COMMENTS

जेठ २६, काडमाडौँ । धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा ट्रकको ठक्करबाट पैदल हिंडीरहेकी एक जना महिलाको मृत्यु भएको छ । गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ वर्षीया राममाया विकको मृत्यु भएको हो ।

काठमाडौँबाट नारायणगढ तर्फ जाँदै गरेको ना८ख ५१ ७३ नम्बरको ट्रकको ठक्करबाट गएराती साढे ९ बजे गम्भीर घाइते भएकी विकको उपचारको क्रममा काठमाडौँको ट्रमा सेन्टरमा राती साढे १० बजे मृत्यु भएको प्रहरीले बताएको छ । ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।