0 COMMENTS

जेठ २६, चितवन । वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको हो ।

आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि वर्षाका कारण कठिन भइरहेको छ । सडक अवरुद्ध भएपछि बुधबारदेखि यात्रुहरू अलपत्र परेका छन् । बिहानदेखि झन् ठूलो पहिरो खसेको छ ।

यस्तै पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ । बुधबार राति चितवनको इच्छाकामना–४ स्थित नाग्दिखोलामा पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।