0 COMMENTS

साउन २५, काठमाडौँ । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज उत्तर कोरियासँग खेल्दैछ । खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ । उत्तर कोरिया यू-२० विश्वकप तथा एसियन कप दुवै जितिसकेको टोली हो ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो भने दोस्रो खेलमा साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको थियो । उत्तर कोरियाले साउदी अरेबियालाई १५-० तथा भुटानलाई १०-० को फराकिलो अन्तरले हराएको छ ।

नेपालले पछिल्लोपटक सन् २००४ मा यही उमेर समूह (त्यसबेला यू-१९ भनिएको)मा उत्तर कोरियासँग एसियन कपमै खेलेको थियो । जहाँ नेपाल १९-० गोलअन्तरले पराजित भएको थियो ।

प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने ३ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ । नेपालले एसियन कपमा छनोट हुन उत्तर कोरियालाई हराउनै पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।