साउन २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बागमती, गण्डकी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अुनसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।
मौसम पूर्वानुमान महाशाखा देशभर साधारणतया बदली रहने जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू-भागका केही र मधेश प्रदेशलगायत देशका बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
महाशाखाका अुनसार राति मधेश प्रदेशलगायत कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।