असार २१, घोराही । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी किसान महासंघ नेपाल दाङ जिल्ला संगठन समिति गठन भएको छ । संगठनका अध्यक्ष मानबहादुर वलीको अध्यक्षतामा सम्पन्न भएको भेलामा क्रान्तिकारी किसान महासंघ नेपालका केन्द्रीय सल्लाहकार नन्दराम रोका प्रमुख आतिथि रहेका थिए । प्रमुख आतिथि नन्दराम रोकाले किसानका समस्याहरुबारे प्रष्ट पार्दै दलाल संसदीय ब्यबस्थाले किसानलाई समयमै मल बीउ सिचाइ कृषि प्रबिधि उपलब्ध गराउन नसकेको र किसानका समस्याबारे मौन रहेकोले यसका बिरुद्ध किसान जागरुक भई अगाडि बढनुपर्ने बताए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ४ नम्बर ब्युरो इञ्चार्ज अटलले देश दलाल फासिबादी राज्यब्यबस्था भएकोले किसानका आबश्यकता भन्दा दलाल जमिन्दारका पक्षमा उभिएकोले किसान बिद्रोहद्वारा राज्य ब्यबस्था कब्जा गर्नेगरी आधिबेहरी सृजना गर्ने अहिलेको आबश्यकता रहेको बताए ।
पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज हुकुमले देशको अर्थतन्त्रको मेरुदण्ड किसान भएकोले कृषि क्षेत्रको कृषि जन्य उत्पादनमा जोड दिँदै सम्पूर्ण कृषकहरु महासंघको झण्डामुनि गोलबन्द हुन आबस्यक रहेको बताए । यसैगरी, केन्द्रीय सदस्य लालध्वजले कृषि क्रान्तिबाट मात्रै देश बिकास हुने भएकोले कृषि उत्पादनमा उत्पादनमा जोडिन सिङ्गो पार्टीपङ्किलाई आग्रह गरे ।
भेलाले टीकाबहादुर बिश्वकर्माको अध्यक्ष र दुईजना पछि आबस्यकता अनुसार थपगर्ने गरी ९ सदस्यीय दाङ जिल्ला संगठन समिति गठन गरेको छ । सदस्यहरुमा डिल्लीबहादुर खडका, प्रकाश चौधरी, दिपक केसी, गोमा डिसि, सुन्दरलाल चौधरी, तिलकबहादुर बिश्वकर्मा रहेका छन् ।
उक्त भेलाबाट निर्बाचित समितिलाई शुभकामना तथा निर्देशनात्मक मन्तब्य जिल्ला सेक्रेटरी दिपले राखेका थिए भने कार्यक्रम सञ्चालन जिल्ला सचिवालय सदस्य शिसिरले गरेका थिए ।