0 COMMENTS

वैशाख २२, पोखरा । नेकपा माओवादी (समाजवादी) का गण्डकी प्रदेश संयोजक सन्दिपलगायत सात जना पार्टी परित्याग गरि नेकपा (समाजवादी) मा प्रवेश गरेका छन् ।

सो पार्टीबाट कम्युनिस्ट क्रान्ति सम्भव नभएको भन्दै केन्द्रीय सदस्यसमेत रहेका प्रदेश संयोजक बाबुराम मिजार ‘सन्दिप’ र जिल्ला अध्यक्ष मङ्गली विकलगायत सात जनाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनीहरुलाई नेकपा (समाजवादी) का नेता कृष्णप्रसाद जैशीले हार्दिक बधाई तथा स्वागत गरेका थिए ।

प्रवेश कार्यक्रममा नेकपा (समाजवादी) का प्रदेश प्रमुख कृष्ण जैसी, राजु भुजेल र पोखरा माहानगरका मेयरका उम्मेदवार गोबिन्द पराजुलीको उपस्थिति रहेको थियो ।

नेकपा (समाजवादी) देशभरी मोर्चाबन्दी गर्दै चुनावमा होमिएको छ । पोखरा महानगरपालिकामा पनि उक्त पार्टीले प्रमुख तथा उप–प्रमुख पदमा उम्मेदवारी दर्ता गरेको छ । पार्टीको तर्फबाट मेयरमा गोविन्दप्रसाद शर्मा र उप–मेयरमा शितला थापा उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।