0 COMMENTS

वैशाख २२, रसुवा । नेकपा (समाजवादी) रसुवा जिल्लाले “समृद्धि आमाछ्योदिङ्गमो गाउँपालिका १/५ सम्म निर्माण हाम्रो प्रतिबद्धता र युवा नेतृत्व आजको आवश्यकता” का साथ चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
नेकपा (समाजवादी) रसुवाको घोषणा पत्र यसप्रकार रहेको छ :
१) हाल पालिका क्षेत्रभित्र रहेका स्वास्थ्य चौकीहरुले प्रदान गरिरहेको स्वस्थ्य सेवालाई थप प्रभावकारी बनाउन अति आवश्यक औषधी र चिकित्सकको मात्रमा बृद्धि गरि हाल भइरहेको सेवा सुबिधामा ध्यानाकर्षण गरिनेछ ।
२) गोल्जुङ बेसिदेखि थम्बुचेत, चिलिमे, च्याम्दोल, गत्लाङको फेदको खोलाका साथमा सार्वजनिक जग्गाको संरक्षण गरि राम्रोसँग व्यवस्थापन गरिनुका साथै पर्यटन प्रबर्धनमा जोड दिई त्यस क्षेत्रमा पानी जहाज र फोटो शेसन जस्ता कार्यमा जोड दिई पर्यटक भित्याई रसुवाको नमुना अर्थात आत्मानिर्भरता पालिका निर्माण गरिनेछ ।
३) आमाछ्योदिङ्गमो गाउँपालिकाको विशेष स्वास्थ्य सेवा समस्यलाई समाधान गर्न वडा १ र २ लाई एउटा एम्बुलेन्स व्यवस्थापन गरिनेछ साथमा वडा ३, ४ र ५ लाई एउटा एम्बुलेन्स व्यवस्थापन गरि एम्बुलेन्स सेवा फ्री गरिनेछ ।
४) पालिकाभित्र पर्यटन भित्र्याउन वडा १ हकु बेसिदेखि वडा ५ पाजुङ हुँदै रिङ्गरोड र होम स्टेको व्यवस्थापन गरि पर्यटकहरुलाई गोसाइँकुण्ड गाउँपालिका तर्फ पठाई दुई पालिकाबीच सुमधुर सम्बन्ध बनाउनेमा जोड ।
५) पर्यटकीय रुट हकु बेसिदेखि सुरु गरि ठुलो हकु, नेश्यिङ, ग्रे, श्यो, गोल्जुङ, गत्लाङ, च्याम्दोल, थम्पुचेत, चिलिमे, टेताङजे, सिम्पु, तातोपानी, गोङ्गगाङ, ब्राजम, पाजुङ हुँदै गोसाइँकुण्ड गाउँपालिका दालफेदि तर्फ पठाईनेछ ।
६) पालिका भित्र रहेको पर्यटकीय स्थलहरु जस्तै भोङ्गजो घले दरबार, मल्ल कालिन दरबारहरुको संरक्षणमा जोड दिनेछ साथै बुद्धको मुर्ति, गुम्बा, चर्च गुफाहरुको संरक्षणमा जोड दिई पर्यटन प्रबर्धनमा प्राथमिकता दिईनेछ ।
७) आमाछ्योदिङ्गमो गाउँपालिका भित्र रहेको पार्वती कुन्डा, नोजे कुण्ड, डिल्बु कुण्ड जस्ता थुप्रै तिर्थ स्थलहरुको संरक्षण गरि प्रचारप्रसारमा जोड दिइनेछ ।
८) आमाछ्योदिङ्गमो गाउँपालिका भित्र रहेको विभिन्न कला संस्कृतिको जगेर्ना गरि पर्यटन व्यवस्थापन साथै विश्व माझ पुर्याउन व्यापक प्रचारप्रसार लगानी गरिनेछ ।

९) आमाछ्योदिङ्गमो गाउँपालिका २ ग्रे, गोल्जङ र चिलिमे गाउँको माथि भएको जिर्न अवस्थमा रहेको दरबारहरुको संरक्षण गरि पर्यटन प्रबर्धन र भौतिक पुर्वधारको बिकास गरिनेछ ।
१०) आमाछ्योदिङ्गमो गाउँपालिका भित्र रहेको धार्मिक बिभेद र जातीय छुवाछूतको अन्त्य गर्न जोड दिइनेछ ।
११) आमाछ्योदिङ्गमो गाउँपालिका भित्र रहेको कला संस्कृतिको संरक्षण गरि स्थानीय कलाकारहरुको परिवारको संरक्षणका निमित्त १० लाख बराबरको जीवन बिमा गरिनेछ ।
१२) आमाछ्योदिङ्गमो गाउँपालिका पालिका भित्र खेलकूदका निमित्त रंगशाला निर्माण गरिनेछ ।
१३) पालिका भित्र अधुरो रहेको कृषि सडकहरुलाई पूर्ण निर्माणमा जोड दिई हरेक गाउँ बस्तीमा सडक रोड र बिजुली बत्ति पुर्याउने प्रतिबद्धता गरिनेछ ।
१४) आमाछ्योदिङ्गमो गाउँपालिका वडा १ र २ अर्थात हकु बेसि नेश्यिङ्ग बीच रहेको गुरु रेन्पोर्छे तबश्य स्थलको गुफालाई पूर्ण निर्माण गरि पर्यटन प्रबर्धनका निमित्त व्यापक प्रचारप्रसार गरिनेछ ।
१५) पालिका भित्रका प्रत्येक वडामा टोल सुधारको समिति उप–समिति गठन गरि बिकास निर्माण योजना सञ्चालन गर्ने कार्यमा विशेष जोड दिइनेछ ।
१६) आमाछ्योदिङ्गमो गाउँपालिका केन्द्रमा प्रशासनिक भवन निर्माण कार्यमा थप जोड दिइनेछ ।
१७) आमाछ्योदिङ्गमो गाउँपालिका रसुवा जिल्लाका ५ गाउँपालिका मध्य नमुना गाउँपालिका बनाउन कृषि उत्पादनमा बढी जोड दिइनेछ ।
१८) आमाछ्योदिङ्गमो गाउँपालिका र गोसाइँकुण्ड गाउँपालिका साथमा उत्तर गय गाउँपालिकाका सान अर्थात सिमानाको विषयमा जोड दिइनेछ ।
१९) आमाछ्योदिङ्गमो गाउँपालिका भित्रका ६० बर्षका बृद्धहरुलाई चलिआएको लर्चयालाई छुटको ब्यबस्था गरिनेछ ।
२०) आमाछ्योदिङ्गमो गाउँपालिका भित्र रहेको ५ चै वडामा बुद्धको मुर्ति वा अन्य पर्यटक आकर्षण कुराहरुको निर्माण कार्यमा जोड दिइनेछ ।
२१) कृषिमा आधुनिक खालको प्राविधि प्रायोक गरि उत्पादनमा बृद्धि गर्न नमुना कृषि योजना सञ्चालनमा जोड दिइनेछ ।
२२) आमाछ्योदिङ्गमो गाउँपालिकामा शिक्षा, स्वास्थ्यमा निःशुल्क जोड दिइनेछ ।
२३) आमाछ्योदिङ्गमो गाउँपालिका भित्र रहेको चर्च र गुम्बाहरुलाई नेपाल सरकारबाट पाउनु पर्ने सेवा सुबिधामा विशेष मान्यता दिलाउन गम्भीर ध्यानाकर्षण गराउनेछ ।
२४) पालिका भित्रको जङ्गलमा खेर गएको काठ र दाउराको सहि सदुपयोग गरि स्थानीय युवाहरूलाई रोजगारको ब्यबस्था गरिनेछ ।
२५) पालिका भित्रका बिधुवा महिलाहरुलाई राज्य गास, बास र कपासको ब्यबस्था गरी सम्मान दिनुपर्नेमा विशेष जोड दिइनेछ ।

नेकपा (समाजवादी) जिन्दावाद
‘कार’ चिन्हमा छाप लागाई अत्यधिक मतले मलाई बिजय गरौँ थप जानकारीको लागि ९८६११७८७९९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।