0 COMMENTS

वैशाख २१, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) कास्की जिल्लाको पोखरा माहानगरपालिका मेयरमा गोबिन्द पराजुली र उपमेयरमा सितला थापालाई चुनाव चिन्ह ‘कार’ मा भोट हालेर अत्याधिक बहुमतले बिजयी गराउन चुनाव प्रचार/प्रसारमा लागेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ‘नेकपा (समाजवादी) को अभिभारा, महानगर बासीको सफा सुन्दर पोखरा’ भन्ने मूल नाराका साथ चुनावी अभियानमा लागेको हो ।

नेकपा (समाजवादी) लाई भोट किन ? भन्ने शिर्षकमा ११ बुँदामा पोखराबासीलाई स्पष्ट पारेको छ । महानगर बासीहरुको गुनासो सुन्न र समस्याको हल गर्न ।, पोखरा महानगरमा भएका टुक्रे उत्पादन प्रणालीलाई व्यवसायीक उत्पादनमा बदल्न ।, पोखरामा रहेका ठुला ठुला सपना हैन जनताका स–साना समस्याहरुको तत्काल समाधान गर्न ।, पोखरा महानगरको बढिरहेका विकृति र घटिरहेको आयुलाई सहि सांस्कृतिक पोखराको आयु बढाउन ।, पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकिय विश्व शान्ति राजधानी बनाउन ।, पोखरा महानगरमा भएको ठेकेदारी प्रथाको अन्त्य गरी पोखराको आय स्तर उकास्न ।, पोखराको कोर सिटि र ग्रामिण सिटिको छुट्टा छुट्टै योजना बनाई विकास गरी पर्यटन प्रवद्धन गर्न ।, प्रयोगमा आई सकेका पार्टीहरुले जनतालाई गर्दै आएको सबै खाले विभेदको अन्त्य गर्न ।, पोखराको उत्पादन प्रणाली र आपूर्ति प्रणालीलाई जनताको जीवनसँग प्रत्यक्ष सहज पार्न र पोखरालाई आधुनिक शहर आधुनिक गाउँ र आधुनिक पर्यटकिय राजधानी हो भनी संसार सामू चिनाउनलाई नेकपा (समाजवादी) ले प्रतिवद्धता गरिएको छ ।

जनतालाई राज्यप्रति र राज्यलाई जनताप्रति विश्वस्त पार्न जनताले चाहेको गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी, काम गर्न नसक्नेलाई पेन्सन वा भत्ता दिँदै समाजवादको आधार तयार पार्नका निम्ति पोखरा माहानगरपालिका मेयरमा गोबिन्द पराजुली र उपमेयरमा सितला थापालाई अत्याधिक बहुमतले विजय गराउन नेकपा (समाजवादी) चुनावी अभियानमा होमिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।