0 COMMENTS

वैशाख १९, फिरफिरे । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–४ आरुबोटेस्थित फिरफिरेमा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार चितवनको जिरौनाबाट जन्ती आएको बा १४ च ७८१ नम्बरको स्करपिओ जिप रोकिराखेको अवस्थामा एक्कासी गुडेर दुर्घटना भएको थियो ।

जन्ती बोकेको जीप दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–१६ का कमलप्रसाद न्यौपाने, गोरखाको सिरानचोक गाउँपालिका चनौटेका देवी पोखरेल र नवलपरासीको कावासोती नगरपालिका–१४ का कृष्णप्रसाद सिग्देल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

जीत सडकबाट करिव दुई सय मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।