0 COMMENTS

फागुन २३, काठमाडौँ । काठमाडौँको साँखुमा बालबालिकाको आश्रयस्थलमा टिपर पस्दा तीनजनाको मृत्यु भएको छ । शंकरापुर नगरपालिका–६ सलम्बुटारमा ​द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा शुक्रबार बिहान सवा ३ बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो ।

ठक्करबाट दुई बालबालिका र एक युवकको मृत्यु भएको आश्रयस्थलका अध्यक्ष युवराज थापाले जानकारी दिए । बालबालिका सुतिरहेको टहरामा टिपर पसेको थियो । घटनालगत्तै प्रहरीले घाइतेहरूलाई नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी पुर्‍याएको थियो । चिकित्सकले साढे ४ बजे मृत घोषणा गरे ।

टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । टिपरलाई डोजरले बाहिर निकालिएको छ । घटनाको अनुसन्धान भइरहेको साँखु प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।