फागुन २३, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोको आयोजनामा ब्युरो कार्यालय कुपन्डोलमा सहिद सप्ताह फागुन (१४–२१) अन्तिम दिनको कार्यक्रम २०८१ फागुन २१ गते सम्पन्न भएको छ । ब्युरो सचिव चिन्तामणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ब्युरो इन्चार्ज दिनेश शर्माले सहिद बेपत्ता घाइते अपांग परिवारका आफन्त जनहरुलाई दोसल्ला ओढाएर सम्मान गरे ।
सम्मान कार्यक्रममा शुबनी ओलीका पिता पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले सहिद बेपत्ता घाइते अपांगको सपनालाई पूरा गर्न हामी निरन्तर अगाडि बढिरहेको र त्यो बाटोबाट विचलित नहुने प्रतिबद्धता जनाए । यस्तै बेपत्ता योद्धाको आफन्तको तर्फबाट पार्टीका पोलिट्ब्युरो सदस्य दिनेश शर्माले क्रान्तिका अधुरा काम पूरा गर्ने आफ्नो मिसन रहेको भनाइ राखे ।
ज्ञानु खतिवडाको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहिदहरुप्रति एक मिनेट श्रद्धाञ्जली अर्पण गरिएको थियो ।