0 COMMENTS

फागुन २२, काठमाडौँ । क्रान्तिकारी संयुक्त मोर्चा नेपालको पुनर्गठित भेला सम्पन्न भएको छ । भेलाबाट अध्यक्षमा सिपी गजुरेल ‘गौरव’, उपाध्यक्षमा सन्तबहादुर नेपाली, महासचिवमा परि थापा, सचिवमा दिनेश शर्मा, कोषाध्यक्षमा भिम चापागाईं निर्वाचित पाँच पदाधिकारी सात सदस्यीय सचिवालय र २१ सदस्यीय केन्द्रीय समिति गठन गर्दै भेला सम्पन्न भएको हो ।

काठमाडौँमा क्रान्तिकारी संयुक्त मोर्चा नेपालका तत्कालीन संयोजक सीपी गजुलेरको अध्यक्षतामा भेला सम्पन्न गरी २१ सदस्यीय केन्द्रीय समितिको निर्माण भएको छ । जसमा अध्यक्ष सीपी गजुरेल, उपाध्यक्ष सन्तबहादुर नेपाली, महासचिव परि थापा, सचिव दिनेश शर्मा र कोषाध्यक्ष भीम चापागाईं रहेको ५ सदस्सीय पदाधिकारीहरुको चयन भएको छ ।

साथै पदाधिकारी सहित पवनमान श्रेष्ठ र लालबहादुर जाग्री रहेको ७ सदस्सीय सचिवालय पनि चयन भएको छ । त्यसैगरी केन्द्रीय सदस्यहरुमा बालकृष्ण ओली, दिपक शाही, भीम चौलागाईं, संजयसिंह, शिव श्रेष्ठ, सूर्यबहादुर तिमल्सिना, मनु वि.क, कर्णबहादुर थापा, युवराज न्यौपाने, बलिभद्र शर्मा र मानबहादुर थापा चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।