फागुन २२, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ‘जनसम्बन्ध विस्तार अभियान’को कार्यतालिका प्रकाशित गरेको छ । प्रकाशित तालिकाअनुसार अभियान २०८१ चैत्र ४ गतेदेखि सुरु भई २०८२ वैशाख १८ गते समापन हुने छ ।
‘जनसम्बन्ध विस्तार अभियान’ चार टोलीमा विभाजित भएर काम हुनेछ । प्रकाशित तालिका निम्नानुसार रहेको छ ।
टोली नं. १
पाँचथर ४–५, तेह्रथुम ६–९, धनकुटा १०–१३, भोजपुर १४–१७, खोटाङ १८–२०, सिराहा २१, धनुषा २२–२३, महोत्तरी २४–२६, सर्लाही २७–३०, रौतहट ३१–३, बारा ४–७, पर्सा ८–९, मकवानपुर १०–१२ र ललितपुर १३–१६, काठमाण्डौ १७ ।
टोली नं. २
झापा ४–६, मोरङ ७–१०, सुनसरी ११–१४, उदयपुर १५–१८, सप्तरी १९–२०, सिराहा २१–२४, ओखलढुंगा २५–२९, सिन्धुली ३०–२, रामेछाप ३–५, दोलखा ६–९, सिन्धुपाल्चोक १०–१२, काभ्रे १३–१६, भक्तपुर १७ ।
टोली नं. ३
कंचनपुर ४–७, कैलाली ८–१२, बर्दिया १३–१६, बाँके १७–२०, सुर्खेत २१, जाजरकोट २२–२४, रुकुम २५–२८, बागलुङ २९–२, पर्वत ३–४, कास्की ५–८, तनहुँ ९–११, लम्जुङ १२, गोरखा १३, नुवाकोट १४–१६, काठमाण्डौ १७ ।
टोली नं. ४
बैतडी ४–५, डडेलधुरा ६–९, डोटी १०–११, अछाम १२–१४, दैलेख १५–१८, सुर्खेत १९–२१, दाङ २२–२५, प्युठान २६–२८, अर्घाखाँची २९–३०, कपिलवस्तु ३१–१, रुपन्देही २–५, नवलपरासी ६–७, नवलपुर ८–१०, चितवन ११–१४, धादिङ १५–१६, काठमाण्डौ १७ ।