नेपालको इतिहासमा खासगरी नेपाली समाज र राज्यसत्तालाई आमूल परिवर्तन गर्न अर्थात् सामन्तवाद, साम्राज्यवादी (सामन्तवाद, दलाल तथा नोकरशाही पुँजीवाद) शोषण र उत्पीडनको अन्त्य गर्दै नयाँ जनवादी राज्यसत्ता हुँदै वैज्ञानिक समाजवादको निम्ति २०२८ मा चर्तित झापा विद्रोह र २०५२ पछिको जनयुद्धसँग सम्वन्धित मुख्य घटनालाई संकेत गर्दै ऐतिहासिकता सहित सहिद सप्ताह मनाउँदै आउने काम तत्कालीन नेकपा (माओवादी) ले जनयुद्धकै समयदेखि एउटा साँस्कृतिक र बलिदान स्मृतिको परम्परा नै बसालेको थियो । जुन आजसम्म केही हदमा कायमै रहेको छ । २०२९ फागुन २१ को तत्कालीन बन्दीहरू : रामनाथ दाहाल, वीरे्न राजवंशी, कृष्ण कुइकेल, नारायण श्रेष्ठ, नेत्र घिमिरेलाई झापाबाट इलामा जेल सार्ने बहानामा इलामको जंगल सुखानीमा गोली हानेर हत्या गरिएको थियो भने जनयुद्ध थालनीसँगै राज्यको हत्या अभियानको शिकार गोरखा पन्द्रुङका नाबालक दीलबहादुर रम्तेलको २०५२ फागुन १४ गते पन्द्रुङ गोरखा गोली काण्डमा हत्या गरिएको थियो । यी दुई एैतिहासिक क्रान्तिको थालनीसँग जोडिएका घटनासँग सम्वन्धित छ सहिद सप्ताह ।

नेपालको राजनीतिक इतिहास र नेपालको कम्युनिस्ट आन्दोलनको समेत इतिहासमा यी दुवै धाराका प्रमुख नेतृत्वले थालनीताका तय गरिएका लक्ष्य भेदन गर्न खासै निरन्तर इमान्दार प्रयत्न नै गरेनन् भन्दा अतिशयोक्ति नहोला किनकी उनीहरूले लामो काल संसदीय व्यवस्था र पूँजीवादी राज्यसत्ताका मेशिनरीमा अभ्यास गरिसकेका छन् जहाँ वैज्ञानिक समाजवाद त निकै परको विषय बन्यो, नयाँ जनवाद वा नयाँ जनवादी सत्ता प्राप्तिले समेत पूर्णता पाउन सकिरहेको छैन । सहिदको बलिदानीबाट यो बीचमा केही परिवर्तन भने अवश्य हुन गएका छन् । पछिल्लो समय राजतन्त्रको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्रको स्थापना, समानुपातिक समावेशिताको अभ्यास, जनतामा व्यापक राजनीतिक जागरण, महिला सेनाको स्वीकारोक्ती, महिला, दलित र जनजाति तथा मधेशी समुदायको राजनीतिक सत्ताका केही अङ्गमा उल्लेखनीय बृद्धि आदि मान्न सकिन्छ । साथै सहिदले खर्चेको बलिदान र उ बलिदान हुँदै गर्दा चलेको राजनीतिक आन्दोलनले तय गरेको अधिक्तम लक्ष्य त के निम्नतम् लक्ष्य समेत संस्थागत हुन सकिरहेको छैन ।
आज जनयुद्धको नेतृत्व गरेको मूल पार्टी र त्यसको नेतृत्व सुधारिएको संसदीय गणतन्त्रमा अनेकौँ पगरी गुथेर सरकार गठनका निम्ति विगतमा टाउकाको मोल तोक्ने देउवा नेतृत्वको पार्टीसँग चुनावी तालमेल सम्म गर्न सकिने हदमा हुत्तिन पुगेको राजनीति दृश्य जगजाहेर छ । यसको मतलव आज राजनीतिक परिस्थ्िितमा हेराफेरि आएको छ । एउटै उद्देश्यका लागि सङ्घर्ष गरेकामध्ये कतिले बलिदानी र बेपत्ता हुनुपर्यो । जेलनेल र यातनाका विभिन्न विभिशिका सहन गर्न बाध्य भए । २०६३ को शान्ति सम्झौता र २०७२ मा संविधान बनेसँगै हजारौँ हजार जीवन निर्वाहको लागि सीमापार जान बाध्य भए, बाँचेका टाठाबाठाले भने अनेकौँ राजनीतिक दाउपेच गर्दै मन्त्री र सांसद बन्ने होडमा आमूल परिवर्तनको एजेण्डालाई लिलामी राखिदिने काम हुँदै आइरहेको छ । देश र जनताको हितमा आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नेहरूको कुनै गणना र स्मरण सम्म हुन मुश्किल हुँदै आइरहेको छ । लक्ष्य भेदन त धेरै परको विषय बन्न पुग्दैछ यो आजको कटु सत्य हो ।
सहिद र बेपत्ताले कुनै व्यक्तिगत सुविधा प्राप्तिका लागि जेलनेल र बलिदान गरेका होइनन् । आमूल परिवर्तन, नयाँ समाज, देश र जनताको पूर्ण मुक्तिको लागि अर्थात् नयाँ जनवाद हुँदै वज्ञानिक समाजवाद प्राप्तिको निम्ती आफ्नो जीवन समर्पण गरेका थिए ।
आज शान्तिकाल (२०६३ मड्सिर ५ देखि ससदीय गणतन्त्रको वर्तमान सम्म ।) पछि भौतिक लाभ र सुविधासँग बलिदानलाई तुलना गरेर सहिद र बेपत्ताको वीरता र समर्पणभावको उच्चतालाई अवमूल्यन गर्ने नजिर बसालिँदैछ । समाजको अग्रगामी रूपान्तरणका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सहिद तथा बेपत्ता हुने योद्धाहरूद्वारा अगि बढाइएको सङ्घर्ष अधुरो र अपूर्ण नै रहेको छ । यसलाई पूर्णता दिन थप समर्पणभाव, निष्ठा, त्याग, प्रतिवद्धता र बलिदानीभावका साथ अगि बढ्नु नै वास्तविक अर्थमा सहिद तथा बेपत्ता योद्धाहरूप्रतिको सच्चा सम्मान र सार्थक अभियान हुनेछ । सहिदको सामान्य श्रद्धाञ्जली सहिद गेट पार्क प्रतिष्ठानको गठन र निर्माण जस्ता औपचारिकताले मात्र सम्मान पुग्दैन र हुँदैन यदि मुल ध्येय तर्फ पाईला नचाल्ने हो भने ती सरचना र अभ्यास व्यर्थ ठहरिन्छ ।
मुख्य सवाल भनेको उनीहरू कुन उद्देश्य र लक्ष्य प्राप्तिको निम्ति लडेका थिए, त्यो के पूरा भए ? राज्यसत्ताको स्वरूप परिवर्तन भयो ? नेपालका उत्पीडित जनताले अधिकार प्राप्त गरे या पाए ? के उनीहरू शोषण र उत्पीडनबाट मुक्त भए या नयाँ तरिकामा र नाममा ठगिँदैछन् वा चर्को उत्पीडनमा परेका छन् । यसको जवाफमा क्रान्तिमा लागेका मध्येका एकथरीले उनीहरूमा आएको वैचारिक विचलनका कारण बलिदानलाई बार्गेनिङ र व्यवसायको अङ्गजस्तो बनाएर संसदीय राजनीतिक दाउपेच र कुर्चीखेलको सुधारीएको ससदीय व्यवस्थामा लगेर टुङ्ग्याइदिएका छन् । जनयुद्धको राजनीतिक उद्देश्य आजको पुँजीवादी संसदीय गणतन्त्रमा सीमित हुने किमार्थ थिएन । बरु वैज्ञानिक समाजवादको सुनिश्चितताको निम्ति जनवादी क्रान्तिको कार्यभार पूरा गर्नु थियो तर आज न त क्रान्तिले पूर्णता पाएको छ या जनवादी क्रान्ति नै सम्पन्न भएको छ, नत क्रान्तिमा बन्ध्याकरण नै हुनेछ, बरु पुराना र नयाँ संसद्वादीहरूद्वारा जबर्जस्त थोपरिएको प्रतिक्रान्तिको जवाफ शक्तिशाली जनताको क्रान्तिद्वारा दिएर मात्र सहिद र बेपत्ता योद्धाहरूको अधुरा सपना साकार हुनेछ ।
राज्यको दमन शृङ्र्खला :
जनयुद्ध थालनी अगावै राज्यले जनसंघर्षको क्रममा मानिस मार्ने फासिवादी अभ्यास अगि बढाइरहेको थियो । २०४७ को संििवधानले मृयुदण्डको सजायको कुनै व्यवस्था गरेको थिएन । आफूलाई प्रजातन्त्रको ठेकेदार ठान्ने संसदवादी पार्टीको नेतृत्वका सरकार भने मध्ययुगीन बर्बर नरसंहार अभियान सञ्चालन गर्न भ्याएका थिए ।, जनयुद्ध थालनीको केही अगिदेखि रोमियो अपरेसनबाट तत्कालीन संसदीय सरकारले निर्मम दमन अभियान थाल्यो जसलाई उसले जनयुद्ध थालनीलगत्तै जनयुद्ध निस्तेज पार्ने बहानामा ‘किलो सेरा वान’ अपरेसन, हुँदै ‘किलो सेरा टु’ अपरेसन, टाउकाको मूल्य तोक्ने हदको सरकारी कारबाहीको उर्दी जारी, आतङ्ककारी तथा विध्वंसात्मक अपराध नियन्त्रण तथा सजाय विधेयक सहित संकटकालको घोषणा, शाही सेनाको परिचालन, सैनिक अपरेसनको मोडेल : एकीकृत आन्तरिक सुरक्षा तथा विकास योजना, सशस्त्र प्रहरी बलको गठन, गिरफ्तारी र नजरबन्दको हतियारसहित शाहीसेनाको परिचालन, माओवादी प्रतिकार समितिको परिचालन, हत्या, बेपत्ता र गिरफ्तारीको निर्मम अभ्यास, युद्धविरामको समयमा समेत जनहत्या कार्यमा निरन्तरता दिँदै अगि बढेको थियो । त्यसको ज्वलन्त उदाहरण भनेको दाङको हापुरेमा सरकार नेकपा (माओवादी) बीच वार्ता चलिरहदा रामेछापको दोरम्बामा झन्डै दुई दर्जन माओवादी नेता कार्यकर्ताको शाहीसेनाले बसिरहेको सेल्टर घर घरेमा पारी नरसंहार गरेको घटना नै प्रयाप्त रहेको छ । तत्कालीन राज्यसत्ताले कथित दोहोरो भीडन्तको नाममा देशभर हत्याकाण्डहरू घटाएको थियो । जनयुद्ध दमन नाममा राज्यद्वारा घटाइएका केही ठूला हत्याकाण्डहरू :
१. मेलगैरी रुकुम २०५२/११/१५ – ६ जना
२. भाबाङ रोल्पा २०५६/३/८ – ११ जना
३. पाटे गुम्चाल रोल्पा २०५८/१२/४ – ४६ जना
४. गजुल रोल्पा २०५८/१२/१२ – ११ जना
५. दोरम्बा रामेछाप २०६०/०४/३२ – २० जना
६. काउले नुवाकोट २०५९/८/११– ५ जना
७. सिन्धुली २०५९/२/११ – १ जना
८. कोटबाँडा कालिकोट २०५८/११/१२ – ३५ जना
९. बहादुरपुर पाल्पा २०६०/०६/८ – ६ जना
१०. सुकीदह इरिबाङ रोल्पा २०५६/८/२८ –११ जना
११. खारा रुकुम २०५६/११/१० – १६ जना
१२. मिरुल रोल्पा २०५३/८/०२ – ५ जना
१३. पाङ रोल्पा २०५९/६/०६ – १२ जना
१४. गौर रौतहट २०६३/१२/०७ – २६ जना
१५. मनकामना स्याङ्जा २०६२/९/२९ – २२ जना
१६. सिर्सेकोट स्याङ्जा २०६१/८/१७ – ५ जना
१७. दैजी कञ्चनपुर २०५८/८/१७ – ५ जना
१८. शङ्करपुर रिगा बैतडी २०६१/११/०६ –४ जना
१९. गैरागाउँ बैतडी २०६०/७/१२ – ३ जना
२०. लटीनाथ दार्र्चुला २०५९/३/२१ – ४ जना
२१. सुन्सेरा दार्चुला २०५८/१०/२ – ३ जना
२२. बगरकोट डडेलधुरा २०५९/७/२३ – ५ जना
२३. चिपुर डँडेलधुरा २०५९/७/२३ – २ जना
२४. विन्वारी सडकघाट कञ्चनपुर २०५९/५/२ – ५ जना
२५. धारापानी कञ्चनपुर २०५९/४/११ – ३ जना
२६. काटाकुटी कोत्ले दोलखा २०५९/४/१८ – १५ जना
२७. ढाँकु अछाम २०५६/९/३० – ९ जना
२८. घोडागाउँ रोल्पा २०५९/७/०५ – ४ जना
२९. थारमारे सल्यान २०५४/११/१४ – ३ जना
३०. सल्यान रुकुम २०५६/६/९ – ३ जना
३१. बाझकाँडा सल्यान २०५६/८/८ – ३ जना
३२. सुर्खेत २०५६/१२/२१ –५ जना
३३. दैयापुल बाजुरा २०५८/१/२७ – २९ जना
जगन्नाथ लुमावस्ती, तीन ठाउँमा गरेर ।
३४. किसानचोक शुक्रनगर चितवन २०५९/६/४ – ४ जना
३५. पटिहानी चितवन २०५९/६/४ – २ जना
३६. भुकदेउराली पर्वत २०५९/९/१० – २ जना
३७. छाङ साउनेपानी तनहुँ २०५८/१०/२३ –८ जना
३८. पसगाउँ लमजुङ २०६०/५/१५– १८ –१० जना
३९. तार्कुघाट लमजुङ २०५९/१/२१ – ३ जना
४०. कोल्की भन्ज्याङ लमजुङ २०५९/२/७ –४ जना
४१. कोल्की लमजुङ २०५८/१२/१५– ३ जना
४२. नाल्मा लमजुङ २०५९/३/८– २ जना
४३. ठुलढुङ्गा विचौर लमजुङ २०५८/१/११ –४ जना
४४. पर्वत … २०६१/८/२२– ४ जना
४५. कौवाघारी गोलटकुरी दाङ २०५९/०२/१६– १२ जना सबै दलित
४६. विनायक अछाम २०६०/१२/३०– १२ जना सांस्कृतिक सभामा
४७. ठूलोगाउँ रसुवा २०५९/९/१३– ७ जना
४८. थानसिंह नुवाकोट २०५८/१२/२५– ३ जना
४९. बुढीसेरा नुवाकोट २०६१/६/४– ३ जना
५०. कुमारी नुवाकोट २०५८/१२/२४ …
५१. चोलाबाङ रोल्पा २०५९/५/५– ७ जना
५२. गाम कुइपाधारा रोल्पा … ५ जना
५३. डोडेवारी जेलबाङ रोल्पा … ५ जना
५४. माजिङ धबाङ रोल्पा … ५ जना
५५. बयानेश्वर सिन्धुली २०५५/१०/२७– ४ जना
५६. घरथोक म्याग्दी २०५९/१/२२ … जना
५७. खिबाङ थुमडाँडा म्याग्दी २०५८/१२/१३ … जना
५८. घोडेकोट कालिकोट २०५६/.. –३ जना
५९. माझपाल डोल्पा २०५९/४/९– ८ जना
६०. गैरेनीभीर लहँ जाजरकोट २०५२/११/१४– २ जना
६१. सिमुत रुकुम २०५५/४/२०– ४ जना
६२. राङसी रुकुम २०५५/३/१४– ४ जना
६३. सिम्ली रुकुम २०५५/७/२– ५ जना
६४. मैकोट रुकुम २०५५/९/४– ५ जना
६५. महत–गुनाम रुकुम २०५७/७/३– ७ जना
६६. तकसेरा रुकुम २०५६/९/४– ८ जना
६७. काँक्री रुकुम २०५२/१२/५– ३ जना
६८. जेलबाङ रोल्पा २०५३/४/२६– ६ जना
६९. फगाम रोल्पा २०५६/५/१६– ४ जना
७०. खैराबाङ सल्यान २०५५/८/७– ३ जना
७१. मैनतडा सुर्खेत–सल्यान २०५६/११/३ – ५ जना
७२. पुरन्धरा दाङ … ७ जना
७३. जाजरकोट लनिसा २०५५/२/८– ८ जना
७४. दहजुर्कमा २०५५/२/१५– ८ जना
७५. मझकोट भालुकुइया २०५५/८/१०–१० जना
७६. रकु सेरीज्युमा कालिकोट २०५७/५/३०–४ जना
७७. कोटबाडा कालिकोट २०५७/७/१४ –५ जना
७८. फुकोट फुल्मा कालिकोट … ३ जना
७९. डुङ्गाल ढाँकु अछाम २०५६/९/३०– ९ जना सांस्कृतिक सभामा
८०. दुम्सी सिन्धुली २०५५/१२/६ – ४ जना
८१. इर्खु सिन्धुपाल्चोक २०५५/७/२६– ४ जना
८२. अनेकोट काभ्रे २०५५/१२/५– ७ जना संस्कृतिकर्मी
८३. खलङ्गा जाजरकोट २०५५/९/७– ५ जना
८४.जगतीपुर जाजरकोट २०५६/३/१५– ४ जना
८६. पदनाहा रानीजरुबाह्र्र बर्दिया २०५८/२/२८– २ जना
८७. माल्कोट कालिकोट २०५५/३/६– ४ जना
८८. लालु कालिकोट २०५५/५/२– ३ जना
८९. छाप्र्रे टाकुल्ला कालिकोट २०५५/६/१९– ३ जना
९०. फुकोट कालिकोट २०५६/१२/४– ४ जना
९१. ओदाकु कालिकोट २०५७/४/३०– ३ जना
९२. दाहा तिलानदी कालिकोट २०५७/५/२ –४ जना
९३. अमलावास गोकुले काभ्रे २०५५/३/२७– ४ जना
९४. झाँगाझोली सिन्धुली २०५५/७/१७– ५ जना
९५. घारी दुम्सी सिन्धुली २०५५/१२/६ –४ जना
९६. तातोपानी दैलेख २०५८/१/३०– ३ जना
९७. रत्नावती–नागस्थान सिन्धुली २०५५/२/२६– ८ जना
९८. व्यानेश्वर सिन्धुली २०५५/१२/२७ –४ जना
९९. बलिया कौवापुर बर्दिया २०५५/५/१७– ३ जना
१००. धुर्जन्नाउर्मा बर्दिया २०५७/२/१३ –३ जना
१०१. कागखोला सल्यान २०५६/८/८– ३ जना
१०२. भिमाद मकवानपुर २०६०/१०/२२– १९ जना
१०३. सिम्ली रुकुम २०५५/७/२ – ५ जना
१०४. महतगुनाम रुकुम २०५५/७/३– ७ जना
१०५. लालुवारी कालिकोट २०५५/५/२२– ४ जना
१०६. ठुलादुर्लुङ ललितपुर २०५५/३/३०– ३ जना
१०७. दाङ … २०६४/१२/२८– ७ जना
१०८. सिरहा २०६१/४/२०– २ जना
१०९. खुर्सानी खोला मोरङ २०५८/११/२४– ५ जना
११०. सङ्क्रान्ति बजार तेह्रथुम २०५८/१०/१०– २१ जना
१११. पर्सावाल नवलपरासी २०५९/७/१०– ९ जना
११२. सैमराङ कास्की २०५९/२/२६– २ जना
११३. लान्दुक कास्की २०६०/१२/१४– ३ जना
११४. अर्मलाकोट कास्की २०६१/३/१६ –२ जना
११५. घलेलगाउँ कास्की २०६१/३/१६– २ जना
११६. खोराकोमुख कास्की २०६१/३/१६ –२ जना
११७. ज्यामिरकुना कास्की २०६२/११/२२– १ जना
११८. भरतपोखरी गैरागाउँ कास्की २०६१/११/११– २ जना
११९. ड्यामसाइड कास्की २०६२/१०/२७– २ जना
१२०. आर्वाविजय कास्की २०६२/१२/७ –२ जना
१२१. कुम्लेखोला तनहुँ २०५८/११/११ –४ जना
१२२. घान्दुक कास्की २०६०/८/२२–२ जना
१२३. ल्वाङ्घलेल कास्की २०६०/१०/२४ –२ जना
१२४. जामुने तनहुँ २०५९/३/२८– ३ जना
१२५. दुम्सोकोट तनहुँ २०६०/५/३१– ३ जना
१२६. भिरकोट तनहुँ २०६०/३/३– ३ जना
१२७. छिर्कने तनहुँ २०५९/१/१६ – २ जना
१२८. रिसिङ रानीपोखरी तनहुँ २०५९/७/४– २ जना
१२९. माझकोट रजिडाँडा तनहुँ २०६०/८/१८– २ जना
१३०. सेतीदोभान तनहुँ २०६१/३/३१– ३ जना
१३१. जालभन्ज्याङ देउराली तनहुँ २०६१/५/२५ – ३ जना
१३२. पन्द्रुङ गोरखा २०५२/११/१४– १ जना
१३३. दरौदी गोरखा २०५४/७/४– १ जना
१३४. सिम्लेपधेरो गोरखा २०५४/१२/८ –२ जना
१३५. ढोडेनी गोरखा २०५५/२/२०– ५ जना
१३६. जराङ गोरखा २०५५/३/२३ – १ जना
१३७. थुमी गोरखा २०५५/८/२६– ८ जना
१३८. केरावारी गोरखा २०५५/९/१३– ५ जना
१३९. बक्राङ गोरखा २०५६/१/८– ३ जना
१४०. गाखुँ बासपुर गोरखा २०५६/५/२३ –२ जना
१४१. तीनखण्डे गोरखा २०५६/४/१९–२ जना
१४२. अर्साङ हर्रा विसौना गोरखा २०५६/९/११ – २ जना
१४३. मिरकोट गोरखा २०५८/९/५– ३ जना
१४४. रिट्ठेपानी गोरखा २०५६/११/२ –२ जना
१४५. घैरुङ बतासे गोरखा २०५८/११/२८–२ जना
१४६. काशीगाउँ गोरखा २०६१/३/२४ – ३ जना
१४७. जफदी गोरखा २०६१/७/१९ – ३ जना
१४८. तीनखण्डे गोरखा २०६२/५/३– २ जना
१४९. छोपाक मैदान गोरखा २०५८/१०/२– २ जना
१५०. टक्सार गोरखा २०५८/९/१३– ६ जना
१५१. कालीगण्डकी स्याङ्जा २०५९/४/४ – २ जना
१५२. लक्ष्मीपुर बेलुवा दाङ २०५९/८/१९– ९ जना
१५३. फूलबारी बाख्रे दाङ २०५९/५/२३– ६ जना
१५४. रानागाउँ तुल्सीपुर दाङ २०५९/६/२१– ४ जना
१५५. गोलटाकुरी कौवाघारी दाङ २०५९/४/१६– ९ जना
१५६. नाराबाङ जैमकसला रोल्पा २०५३/४/२६– ५ जना
१५७. ह्वामा रोल्पा २०५३/१२/६ – ३ जना
१५८. दुवीडाँडा जसपुर रोल्पा २०५२/१२/१३– २ जना
१५९. सिसीहवा गाविस कपिलवस्तु २०६१/११/८ –३ जना
१६०. हथिहवा गाविस कपिलवस्तु २०६३/२/१८ –२ जना
१६१. बरईपुर गाविस कपिलवस्तु २०६३/११/९ –३ जना
१६२. चनई गाविस कपिलवस्तु २०६३/ ११/८ –२ जना
१६३. सिर्सिहवा कपिलवस्तु २०६१/११/६ – ५ जना
१६४. गणेशपुर कपिलवस्तु २०६१/११/६ –२ जना
१६५. भगवानपुर कपिलवस्तु २०६१/११/६ –३ जना
१६६. हथिहवा कपिलवस्तु २०६३/३/१३ –२ जना
१६७. हदोना कपिलवस्तु २०६१/११/१० –२ जना
१६८. गोखुङ्गा अर्घाखाँची २०५९/५/२४ –४ जना
१६९. छत्रगञ्ज अर्घाखाँची २०५८/१/१२ –२ जना
१७०. धनचोर अर्घाखाँची २०६०/८/१६ –३ जना
१७१. हंसपुर अर्घाखाँची २०६१/१/२४ –४ जना
१७२. बाजी तिजुगेरा अर्घाखाँची २०६१/११/११ –३ जना
१७३. जलुके अर्घाखाँची २०६२/२/९ –२ जना
१७४. हंसपुर रतननमनरे अर्घाखाँची –२ जना
१७५. आर्यभन्ज्याङ पाल्पा २०६१/११/९ –३ जना
१७६. मित्याल मुढावास पाल्पा २०५८/१२/२९ –४ जना
१७७. रिब्दीकोट पाल्पा २०५९/४/१० – ३ जना
१७८. मदनपोखरा–पाल्पा २०५८/११/२२ –२ जना
१७९. चिदीपानी–पाल्पा २०६१/१/७ –२ जना
१८०. सूर्यपुरा, रूपन्देदी २०६१/६/११ –४ जना
१८१. शिख–खिबाङ म्याग्दी २०५८/१२/१३ –४ जना
१८२. देवीस्थान म्यादी २०५९/९/२२ –३ जना
१८३. ज्यामरुङकोट म्याग्दी २०६०/१२/८–७ जना
१८४. गुठी प्रसौनी नवलपरासी २०६१/८/३० –४ जना ।
२०८१ फागुन १७