0 COMMENTS

वैशाख १८, रसुवा । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) रसुवा जिल्लाको कालिका गाउँपालिका अन्तगत वडा नं. ३ मा आज समाजवादीसहित सात राजनैतिक डेमोक्रेटिक सोसालिष्ट यलाईन्स (डि.एस.ए.) को बैठक तथा चुनावी प्रचार/प्रसार कार्यक्रम सम्पन्न भएको छ ।

कालिका गाउँपालिका अध्यक्षसहित डेमोक्रेटिक सोसालिष्ट यलाईन्स (डि.एस.ए.) का केन्द्रीय संयोजक सिपी गतराज, नेकपा (समाजवादी) का केन्द्रीय अध्यक्ष राजु कार्की, पार्टी प्रवक्ता मानवबहादुर तामाङ, स्यायी समिति सदस्य भीम चापागाईं, सामाजिक एकता पार्टीका महासचिव विपी खनालसहितको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको समाचार प्राप्त भएको छ ।

कार्यक्रममा डेमोक्रेटिक सोसालिष्ट यलाईन्स (डि.एस.ए.) का संयोजकले समाजवादीका अध्यक्षले यस गाउँपालिकामा जितेको खण्डमा स्वास्थ्य, शिक्षा निःशुल्क र रोजगारी व्यवस्था दिलाउने र सम्पूर्ण सामाजिक रुपान्तरणसहितको गाउँपालिका निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको नयाँ स्वाभिमानलाई समाचार प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।