0 COMMENTS

वैशाख १८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का अध्यक्ष राजु कार्कीले १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा शुभकामना दिँदै आजको दिनमा पश्चगामी तत्वलाई परास्त गर्दै यथास्थितिवादीको विघटन र अग्रगामी शक्तिको पहलकदमी अनिवार्य कार्य भएकोले यतारित बढ्नु र सोच्नु नै आजको दिनले दिने नयाँ सन्देश हुने बताएका छन् ।

नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्कीले आइतबार शुभकामना विज्ञप्तिमार्फत विचारको विकास सँगसँगै संघर्षको विकास एउटा अनिवार्य सर्त भएकोले विचारको विकासले संघर्षको पनि विकास गर्दछ भन्ने तथ्यलाई हामीले बुझ्नुपर्दछ भन्दै अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा सबैमा शुभकामना व्यक्त गरेका हुन् । साथै उनले जस्तो अर्थनीति हुन्छ त्यस्तै संस्कार र संस्कृति हुन्छ त्यसकारण आधार र उपरिसंरचनामा परिवर्तन ल्याउनु छ भने अर्थनीतिमा परिवर्तन आजको अनिवार्य सर्त भएको बताएका छन् ।

अध्यक्ष राजु कार्कीले विज्ञप्तिमा भनेका छन्, ‘विचारको विकास सँगसँगै संघर्षको विकास एउटा अनिवार्य सर्त हो । विचारको विकासले संघर्षको पनि विकास गर्दछ भन्ने तथ्यलाई हामीले बुझ्नुपर्दछ । नेपालमा संघर्षको विकास उत्पादनमा राष्ट्रवाद, उपभोक्तामा राष्ट्रियता सहितको आत्मनिर्भर अर्थनीति लागू गर्ने चरणमा पुगेको छ । यो नै दलाल अर्थनीतिले नेपालका श्रमिक वर्गलाई पारेको ठूलो उत्पीडनको विकासको बाटो हो ।’

अध्यक्ष कार्कीले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘जस्तो अर्थनीति हुन्छ त्यस्तै संस्कार र संस्कृति हुन्छ । यदि आधार र उपरिसंरचनामा परिवर्तन ल्याउनु छ भने अर्थनीतिमा परिवर्तन आजको अनिवार्य सर्त हो । जीत पहलकदमी कस्को भन्नेमा निर्धारण हुन्छ । त्यसैले आजको दिनमा पश्चगामी तत्वलाई परास्त गर्दै यथास्थितिवादीको विघटन र अग्रगामी शक्तिको पहलकदमी अनिवार्य कार्य हो यतारित बढ्नु र सोच्नु नै आजको दिनले दिने नयाँ सन्देश हुनुपर्दछ । सबैको सोंच, चिन्तन र अन्वैषम यतैतिर बनोस् भन्दै १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा सबैमा शुभकामना ।’ शुभकामनाको पूर्णपाठ…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।