माघ १५, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महासचिव मोहन वैद्य ‘किरण’ अस्पतालबाट डिस्चार्ज भएका छन् । गत पौष १ गतेदेखि सघन उपचारमा रहेका पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ हिजो माघ १४ गते साँझ स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
स्वास प्रश्वास र निमोनियाबाट समेत संक्रमित मोहन वैद्य ‘किरण’ ले स्वास्थ्यलाभ गरी घर फर्काउन महत्वपूर्ण भूमिका खेल्नु हुने डा. निरज बम, शिक्षण अस्पताल महाराजगजका स्वासप्रश्वास विभागका प्रमुख डा. सन्त कुमार दास, सघन उपचार कक्षका डाक्टर प्रमेश श्रेष्ठ तथा डा. सुवाश आचार्यसहित अन्य डाक्टरहरु र परिचारिकाहरुको अथक प्रयास र अस्पतालका सम्बन्धित प्रशासक एवम् कर्मचारीहरुको सहयोगप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले प्रेस वक्तव्यमार्पत हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।