0 COMMENTS

माघ १५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी ट्रेड युनियन महासंघले समसामयिक विषयमा पाँच बुँदे धारणा सार्वजनिक गरेको छ । महासंघका केन्द्रीय संयोजक इश्वर तिमल्सिनाले सोमबार एक वक्तव्यमार्फत् महासंघको समसामयिक विषयमा धारणा सार्वजनिक गरेका हुन् ।

वक्तव्यमा भनिएको छ, “क्रान्तिकारी मजदुर आन्दोलनको नेतृत्वदायी शक्तिको रुपमा स्थापित हाम्रो संगठन क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल देशमा विद्यमान दलाल तथा नोकरशाही एवं सामन्तवाद विरुद्ध अनवरत लाल झण्डा उठाइरहेको छ। विभिन्न घुम्ती र मोडहरुबाट गुज्रदै विभिन्न संघ–संगठनसँग एकता सम्पन्न गरि नीति, योजना र कार्यक्रमको समेत विकास गर्दै अगाडि बढिरहेको छ। मजदुर आन्दोलनमा कृयाशिल साम्राज्यवाद विरोधी शक्तिहरुसँग मोर्चा निर्माण गर्दै अन्य प्रतिक्रियावादी अनुदानमा चलेका संघ–संगठन बाहेक स्वाधीन संघ–संगठनहरुका बीचमा संयुक्त संघर्षका कार्यक्रमसमेत विकास गर्दै लगिरहेको छ। संगठनले आफ्नो विकासको प्रक्रियामा विभिन्न खाले भड्काव, फोहोरमैला र गलत प्रवृत्तिहरुलाई शुद्धिकरण गर्दै पनि गइरहेको छ ।”
वक्तव्य :

१– वैदेशिक, एवं घरेलु प्रतिक्रियावादी शक्तिहरुद्वारा मजदुर संघरसंगठनहरुमा गरिएका खुल्ला र गुप्त लगानी मार्फत दलाल ट्रेड युनियनहरुको मजबुत सन्जाल निर्माण कार्यलाई घनिभुत बनाउदै लगिएको छ । परिणाम स्वरूप मजदुर आन्दोलन र मजदुरहरुका पेशागत र राजनीतिक मुद्दाहरूको बन्ध्याकरण गरिएको छ । त्यसको विरोध र भण्डाफोर गर्दै क्रान्तिकारी मजदुर आन्दोलनको विकास गर्न सच्चा जनवादी-समाजवादी शक्तिहरुका बिचमा सहकार्य र क्रान्तिकारी धारको विकास गर्नु अत्यावश्यक भएको छ।

२– उदारीकरणका नाममा ठेकेदारी, अस्थायी, करार, ज्यालादारी श्रमनीतिको परिणामस्वरूप सरकारी, गैरसरकारी एवं निजि क्षेत्रमा कार्यरत मजदुर कर्मचारीहरुको रोजगारी समाप्त पार्ने गरि कार्यक्रम अगाडि बढाइएको छ । जस अनुसार पशुपति क्षेत्र विकास कोष लगायत प्रतिष्ठानहरुमा मजदुर निष्कासनको प्रयत्नलाई कठोरता पुर्वक अगाडि बढाइएको छ । त्यसको विरोधमा खबरदारी र संघर्ष उठाउन पहल आबस्यक छ ।

३– सरकारद्वारा घोषित तलबमान समेत लागू नगर्ने गैरकानुनी शोषण गर्ने लुटतन्त्रले श्रमबजार आक्रान्त छ । मजदुरहरुले बेहोरिरहेको यो अध्यारो त्रासदीलाई चिर्न विशेष अभियानको खाचो देखिएको छ । त्यसकालागी हाम्रो संगठन पहकदमी अगाडि बढाउन प्रयत्नशील रहेको छ यस कार्यमा सच्चा मजदुर पछिय शक्तिहरुसँग हातेमालो गर्न अपिल गर्दछ ।

४– संसदीय व्यवस्थाको प्रतिक्रियावादी एवं मजदुर शोषणकारी चरित्रको विरोध तथा वैदेशिक श्रम बजारको नाममा श्रम शक्ति निर्यात गरेर कमारो अर्थतन्त्रले ढाडिएका दलाल तथा नोकरशाही एवं सामन्ती शक्तिका विरुद्धमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको गर्न जरुरी छ । त्यसका निम्ति मोर्चा खोल्न आबस्यक छ । अतस् जनवादी, बामपंथी एवं देशभक्त शक्तिहरुलाई भुमिका र कृयाशिलता बढाउन अपिल गर्दछ ।

५– हाम्रो संगठनको केन्द्रीय कार्यालयको सदस्यमा रहि विगतमा कार्यरत रहेका बालकृष्ण सिटौलालाइ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको काठमाडौ जिल्ला समितिले विभिन्न आधार देखाइ गरेको निष्कासन उचित भएको ठहर गरि साधारण सदस्यबाट समेत हटाइ सकेको र संगठनमा रहेका अन्य जिम्मेवार साथिहरु आ–आफ्नो काममा डटिरहेको जानकारी गराउदै भ्रम फैलाउने तत्वहरुका सबै होहल्ला खारेज गरेको जानकारी गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।