माघ १४, काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीय संसदको हिउँदै अधिवेशनबारे आज दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन् । हिजो सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखले आज संयुक्त छलफल गर्न लागेका हुन् ।
सभामुख घिमिरेले आज बिहान ११ बजे पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरवारमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । सभामुख घिमिरेको सचिवालयका अनुसार भोलि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा तय गरिएको छ । यस्तै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछ ।