पुस १९, काठमाडौँ । मुगुमा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजेर तीन मिनेट जाँदा भूकम्प गएको हो।
केन्द्रका अनुसार मुगुको लुमा आसपास केन्द्र भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो। पछिल्लो समय पश्चिम नेपालमा लगातार सानोसानो भूकम्प गइराखेको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र अनुसार सुदूरपश्चिम र कर्णालीमा यो वर्ष पुस १६ सम्ममा चार म्याग्निच्युडभन्दा माथिको भूकम्प ९ पटक गइसकेको छ। त्यो भन्दा साना भूकम्प दर्जनौ पटक गइसकेका छन्।