0 COMMENTS

वैशाख १७, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका व्यक्तिहरुलाई आज निर्वाचन चिह्न दिने भएको छ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दलका उम्मेदवार तथा स्वतन्त्र व्यक्तिहरुलाई आज निर्वाचन चिह्न दिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका दलका उम्मेदवारले दलकै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि नयाँ चुनाव चिह्न पाउनेछन् र यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।

आइतबार प्रकाशित अन्तिम नामावलीमा रहेका उम्मेदरवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारहरुले प्रचार–प्रचार गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।