0 COMMENTS

वैशाख १७, काठमाडौँ । नेपालमा आज थप १७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव ८ प्रतिशत हो ।

पछिल्लो २४ घन्टामा थप ५ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कूल २ हजार २ सय १४ नमूना परीक्षण गर्दा थप ५ जनामा संक्रमण पुष्टि भएको हो । सोही समयमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या २ सय ३० जना रहेको छ । जसमध्ये १ सय ६ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो २४ घन्टामा थप ७४ हजार ६ सय ४६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।