0 COMMENTS

वैशाख १६, काठमाडौँ । संयुक्त क्रान्तिकारी मोर्चा, नेपालका घटकहरुले वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा एक शक्तिले अर्को शक्तिसँग सहकार्य र सहयोग गर्ने भएको छ । शुक्रबार संयुक्त क्रान्तिकारी मोर्चा, नेपालका घटकहरुले प्रेस वक्तव्यमार्फत राष्ट्रघाती एमसीसी विरोधी र दलालहरुलाई नेपाली जनताले पहिचान गरी निर्वाचनमा असफल पार्न र देशभक्त जनतान्त्रिक तथा वामपन्थी र सच्चा कम्युनिस्ट शक्ति र व्यक्तिहरुलाई भोट दिएर विजयी गराउन आम मतदाताहरुसित हार्दिक अपिल गरेका छन् ।

सो घटकहरुले पार्टीका कार्यकर्ता तथा उम्मेदवारहरुले जिल्लामा आपसमा तत्काल भेटघाट र सहमति–समझदारी गरी नीतिलाई कार्यान्वयन गर्न–गराउनको लागि जोड दिँदै सच्चा देशभक्त, जनवादी र क्रान्तिकारी उम्मेदवारहरुलाई अत्याधिक बहुमतले विजयी गराउन आम मतदाताहरुसित हार्दिक अपिलसमेत गरेको छ ।

वक्तव्यमा भनिएको छ, ‘हामी निम्न लिखित पार्टी, संगठन, संंघसंस्था तथा व्यक्तिहरु यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा हामी मध्येका कुनै एक शक्तिले कुनै अर्को शक्तिसँग सहकार्य र सहयोग गर्नका लागि अनुरोध गर्दै आम मतदाताहरुले हाम्रा निम्नानुसारका नीति, मूल्यमान्यता र लक्ष्य–उद्देश्यहरुलाई आत्मसाथ गरेर हाम्रा उम्मेदवारहरुलाई मतदान गरी विजय गराउनको लागि यहाँहरुसमक्ष आत्मीय आह्वान् गर्दछौँ ।’

संयुक्त क्रान्तिकारी मोर्चा, नेपालका घटकहरु : नेकपा (मसाल) केन्द्रीय समन्वय समितिका संयोजक सन्तबहादुर नेपाली, राष्ट्रिय जनमोर्चा, केन्द्रीय समन्वय समितिका अध्यक्ष कृष्णराज पौडेल, नेवा, माओवादी आन्दोलनका नारायण शर्मा, जनसमाजवादी पार्टी, नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल कम्युनिस्ट पार्टी (मालेमा केन्द्र) का अध्यक्ष लक्ष्मण उप्रेती, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का अध्यक्ष राजु कार्की, राष्ट्रिय जनसरोकार मोर्चाका संयोजक राजन तिमिल्सिना, बरिष्ठ नेता नेकपा माक्र्सवादी (पुष्पलाल) का अच्यूतराज ज्ञवाली र प्रगतिशील रुपान्तरण आन्दोलनका अगुवा एकलाल श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।