0 COMMENTS

वैशाख १४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा कारसाङ तामाङले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । सोमबार गोसाइँकुण्ड गाउँपालिकामा कारसाङ तामाङले नेकपा (समाजवादी) बाट निर्वाचन अधिकृतको कार्यालयमा अध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन् ।

आज र भोलि मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।