0 COMMENTS

वैशाख १४, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । उजुरीमाथि आज र भोलि (जाँचबुझ) छानबिन गरेर आयोगले निर्णय लिनेछ ।

उम्मेदवारको नामावली बिहीबारै प्रकाशन गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने तालिका रहेको छ । ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन साढे एक लाखले उम्मेदवारी दिएका छन् । १७ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।