1 COMMENTS

काठमाडौं । ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपको आयोजना र जनअधिकार संरक्षण मञ्चको प्राविधिक सहयोगमा मेलमिलाप सम्बन्धी ८ दिवसीय प्रशिक्षक प्रशिक्षण तालिम Dees Boutique Hotel Koteshowar मा शनिबार सम्पन्न भएको छ ।

तालिमका प्रमुुख अतिथि सर्वोच्च अदालतका रजिष्ट्रार मेलमिलाप परिषद्का सदस्य सचिव विमल पौडेलले विवाद समाधानको एउटा महत्वपुर्ण कडी – मेलमिलापमा ज्ञानपुञ्जले पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै आगामी दिनमा यस्ता कार्यक्रममा जोडदिन आग्रह गर्नुभयो ।

भाद्र २९ गते शुरु भएको तालिमको उद्घाटन सर्वोच्च अदालतका माननीय न्यायाधीश डा.नहकुल सुवेदीले गर्नुभएको थियो ।

तालिमको व्यवस्थापकीय भूूमिका एवं तालिमको गुणस्तरमा आयोजक संस्थाले दिएको प्राथमिकताले सहकार्य गर्दा गर्व महशुस भएको र आगामी दिनमा समेत सहकार्य गर्न उत्सुक रहेको भन्दै तालिम प्रदायक संस्था जनअधिकार संरक्षणमञ्चका अध्यक्ष डा.राजेन्द्र अधिकारीले खुशी व्यक्त गर्नु भयो ।

तालिमको मुख्य प्रशिक्षक सतिशकुमार शर्मा हुनुहुन्थ्यो । मेलमिलाप अभियानमा विगत करिब २ दशकदेखि सक्रियपूूर्वक लागि पर्नु भएका शर्मा दक्ष, अनुभवी र सबैले रुचाईएका प्रशिक्षक हुनुहुन्छ । तालिममा मेलमिलाप दूत डा.कुमार शर्मा आचार्य लगायतले प्रशिक्षण गर्नु भएको थियो ।

विगत ३ वर्षदेखि कानुुन न्याय र संस्थागत विकास सम्बन्धी तालिमहरु संचालन गर्दै आएको ज्ञानपुञ्जले हालसालै मध्यस्थता तालिम, मेलमिलाप सम्बन्धी आधारभूत तालिम एवं प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । तालिममा पूर्वन्यायाधीश, अधिवक्ता, शिक्षक, नेपाल सरकारका प्रशासक, मेलमिलाप अभियन्ताहरुको सहभागीता थियो ।

“निकट भविष्यमा मेलमिलाप सम्बन्धी आधारभूूत तालिम एवं मध्यस्थता तालिम संचालन गर्ने योजना अघि सारेको साथै ज्ञानपुञ्जमा संस्थागत विकास नेतृत्व एवं व्यक्तित्व विकास सम्बन्धी तालिम समेत संचालन हुने गर्दछन् ।” ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपका कार्यकारी अध्यक्ष अधिवक्ता हरीप्रसाद डुुम्रेले बताउनुभयो । (www.gyanpunj.com.np)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपद्वारा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

  1. धेरै धेरै धन्यवाद
    आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्दछाैं ।

Leave a Reply to हरिप्रसाद डुम्रे Cancel reply

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।