0 COMMENTS

असोज ८, काठमाडाैँ । श्रमजीवी पत्रकार संघ, नेपालका राष्ट्रिय अध्यक्ष पत्रकार जन्मदेव जैसीलाई राष्ट्रिय सम्मान गरिएको छ । प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा पत्रकारिता क्षेत्रको विकास र समृद्धिमा खेलेको भूमिकाको उच्च कदर गर्दै श्रमजीवी पत्रकार संघ, नेपालका राष्ट्रिय अध्यक्ष जन्मदेव जैसीलाई राष्ट्रिय सम्मान गरेको हो ।

आइतबार राष्ट्रपति भवनमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल र माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीद्वारा पत्रकार जन्मदेव जैसी सम्मानित भएका हुन् । मिति २०६१ सालदेखि विभिन्न सञ्चार प्रतिष्ठानमा आवद्ध रहेर त्यस क्षेत्रको विकास र राष्ट्र निर्माणमा पुर्याइएको योगदान सबैका लागि अविष्मरणीय र अतुलनीय रहेको प्रेस काउन्सिल नेपालले जन्मदेव जैसीलाई सम्मान गरेको हो ।

‘पिता जक्तिराम जैसी र माता अम्रिता जैसीको कोखबाट कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाँउपालिका वडा नम्बर १ लुसामा जन्मनु भएको उनि अत्यन्तै निष्ठा र समर्पणका साथ पत्रकारिता क्षेत्रमा सक्रियतापूर्वक लागेर नेपाली नागरिक समाजमा आफूलाई निष्ठापूर्वक समर्पित गराउँदै आउनु भएको जैसीले पत्रकारिता क्षेत्रको माध्यमबाट नागरिकको सेवामा खेल्नुभएको सक्रिय भूमिका सबैका लागि प्रेरणादायी र प्रसंसनीय रहँदै आएको छ ।

पत्रकारिता क्षेत्रको विकास र समृद्धिमा खेल्नुभएको भूमिकाको उच्च कदर गर्दै प्रेस काउन्सिलले सम्मान गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।