0 COMMENTS

असोज ५, काठमाडौँ । यसपालि दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ। बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत सार्वजनिक गरेको हो।

समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९ः१६ बजे र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७ः११ बजे तथा स्थिरासन ८ः४३ बजे तोकिएको छ। असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको छ। यस्तै २६ गते विहान ११ः३६ बजे टीकाको साइत तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।