असोज ४, काठमाडौँ । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । गत भदौ ३१ गतेको प्रतिनिधि सभा बैठकमा पेश गरिएको सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको ११ सय २४ पष्ठ लामो प्रतिवेदन बिहीबार संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको वेबसाइटमा सार्वजनिक गरेको हो ।