0 COMMENTS

भदाै १७, काठमाडाैँ । विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरू क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा युवाहरु प्रवेश गरेका छन् । २०८१ साल भाद्र १५ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रम रहेको थियो ।

कार्यक्रममा केन्द्रीय कार्यालय सदस्य तथा वागमती प्रदेश संयोजक अटलको अध्यक्षता, कार्यालय सदस्य तथा प्रवक्ता सुदर्शनको प्रमुख आतिथ्यता रहेको थियो। अन्य अतिथिहरुमा केन्द्रीय कार्यालय सदस्य पवनमान श्रेष्ठ, केन्द्रीय सचिवालय सदस्य तथा वागमती प्रदेश सह–संयोजक प्रभात, काठमाडाैँ जिल्ला इन्चार्ज पुस्कर श्रेष्ठ, ललितपुर जिल्ला इन्चार्ज खगेन्द्र रहेका थिए ।

पार्टी प्रवेश गर्नेहरुलाई प्रमुख अतिथि र अध्यक्षबाट अविरसहित खादा ओढाएर स्वागत गरिएको थियो । ने.क.पा. (माओवादी केन्द्र), ने.क.पा. विप्लव समुहबाट पार्टी परित्याग गरेका अन्य कतिपय वामपन्थी विचारबाट प्रेरित युवाहरुको एक समुह क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा काभ्रे जिल्लाबाट चुनाव तामाङ, चित्र तामाङ, राजु तामाङ शमशेर तामाङ, वाङदेन तामाङ सानु तामाङ, गणेश लामा, सुनिल लामा, विराज लामा, गोरखाबाट सारस घले, सिन्धुपाल्चोकबाट दिपक लामा, ललितपुरबाट विजय लामा रिवाज घताने, दिपेन लामा काठमाण्डौबाट अमर लामा, सुमन गोतामे, सुजित तामाङ रहेका छन् भने भोजपुरबाट मनोज तामाङ, दोर्जे तामाङ, विजय तामाङ र सिन्धुलीबाट मानसिंह वाइवा रहेका छन् ।

प्रमुख अतिथिले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको उद्देश्य, आगामी दिशा र वर्तमान राजनैतिक परिस्थितिबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य शिव धमालले र संचालन सूर्य भूजेलले गरेका थिए । अन्त्यमा अध्यक्षबाट आफ्नो संक्षिप्त मन्तव्य सहित कार्यक्रमको समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।