0 COMMENTS

भदाै १७, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल भदौ १७ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

सोमबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर हुँदा यूरो र बेलायती पाउण्डको विदेशी विनिमय दर घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा र बिक्री दर १३४ रुपैयाँ ४९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४७ रुपैयाँ ९१ पैसा र बिक्री दर १४८ रुपैयाँ ५८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७७ रुपैयाँ ८० पैसा र बिक्री दर १७६ रुपैयाँ ५९ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।