0 COMMENTS

भदौ ४, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन् । नेपाली कांग्रेससँगको गठबन्धनबाट एमाले दल उपनेता आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त हुँदा एमाले संसदीय दलको उपनेता रहेका आचार्य दल नेता चयन भएपछि विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश सभाको चौथो अधिवेशनको २५औँ बैठकमा मङ्गलबार दिउँसो १ बजे मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार आचार्यले विश्वासको मत लिन थालेका हुन् ।

कांग्रेसका २७ र एमालेका २९ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले विश्वासको मत पाउने निश्चित छ । लुम्बिनी प्रदेशसभामा माओवादीका १०, राप्रपाका ४, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक/एक जना गरी १७ सांसद प्रतिपक्षमा रहेका छन् ।

लुम्बिनी प्रदेशसभामा ८७ सदस्य सांसद रहेकोमा आवश्यक बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ । सत्तारुढ दुई दलकै स्पष्ट बहुमत रहेको छ । हाल गठबन्धनमा साना दलहरुमा नागरिक उन्मुक्ति पार्टीका ४ जनमत ३, लोसपा ३ जसपा २ जसपा नेपाल १ जना सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।